जनता टाइम्स

९ पुष २०७९, शनिबार १४:२२

बृद्धाश्रममा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु


मस्को, ९ पुस । साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएको आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ । एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम्पूर्ण भाग जलेको जनाएको छ ।

आगलागीको केही समयपछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

‘आगो लागेको ठाउँमा, उद्धारकर्ताहरूले कम हावाको तापक्रममा भग्नावशेषमा काम जारी राखेका छन् । पछिल्लो तथ्यांकअनुसार २० जनाको मृत्यु भएको छ’, रिपोर्टमा भनिएको छ । आगलागीबारे अनुसन्धान भइरहेको छ । उक्त वृद्धाश्रम दर्ता नगरिकन बनाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।