जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १२:५८

लेखक तथा पत्रकार खेम थपलिया पक्राउ, यस्तो छ कारण


काठमाडौं, साउन २६ । लेखक तथा पत्रकार खेम थपलिया पक्राउ परेका छन्। प्रगतिशील लेखक संघ (प्रलेस) सँगै जोडिएको जलजला मासिकको कार्यालय बागबजारबाट शनिबार दिउँसो थपलियालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको विशेष ब्यूरोले थपलियालाई पक्राउ गरेको हो ।प्रहरीले उहाँको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत लगेको छ। बैठकपछि प्रलेसको कार्यालयबाट बाहिर निस्किएका पधादिकारीलाई समेत प्रहरीले केही समय शोधपुछ गरेको प्रलेसका उपमहासचिव आरसी न्यौपानेले जानकारी दिनुभयो।

थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव हुन्। यसै संगठनका अध्यक्ष माइला लामा पक्राउ परेपछि संगठनको तर्फबाट थपलियाले नै सरकारविरुद्ध विज्ञप्ति जारी गर्नुभएको थियो ।