जनता टाइम्स

१५ पुष २०७९, शुक्रबार १४:५८

आङ सान सुकीलाई ७ वर्षको जेल सजाय थपियो, ३३ वर्ष पुग्यो


एजेन्सी, १५ पुस । म्यानमारको सैनिक अदालतले शुक्रबार नागरिक शासक तथा देशकी पूर्वनेता आङ सान सुकीलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ । १८ महिनासम्म चलेको सुनुवाइपछि उनलाई यो सजाय सुनाइएको हो । अब उनको कुल सजाय ३३ वर्ष पुगेको छ ।

सुकीलाई भ्रष्टाचारको पाँचवटा मुद्दामा सजाय सुनाइएको थियो । स्रोतका अनुसार हेलिकप्टर व्यवस्थापनमा भ्रष्टाचारको मुद्दा परेकोले देशलाई ठूलो नोक्सानी बेहोर्नु परेको छ । सुकी विरुद्ध के के छन् मुद्दा ?

सुकी सन् २०२१ मा भएको ‘कु’पछि जेलमा छिन् । उनी सबै मुद्दामा दोषी ठहर भएकी छन् । गैरकानूनी रूपमा वाकीटकी राख्नेदेखि कोभिडको नियम उल्लङ्घन गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो ।

उनका विरुद्धका सबै मुद्दाहरु पूरा भइसकेको स्रोतले जनाएको छ । अहिले उनीमाथि कुनै नयाँ मुद्दा परेको छैन । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको स्रोतले जनाएको छ । मिडियालाई अदालतको सुनुवाइ कभर गर्न प्रतिबन्ध लगाइएको छ।

यससँगै सुकीका वकिलहरूलाई पनि मिडियासँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ ।

देशको हालत निकै खराब छ
सुकीको सुनुवाइ सुरु भएदेखि उनी एकपटक मात्र मिडियासामु देखा परेकी छन् । उनको अवस्था निकै खराब देखिन्थ्यो । उनको वारेमा संसारलाई बताउन केवल उनका वकिलहरूमा भर छ । म्यानमारमा कु’ भएदेखि नै त्यहाँको अवस्था निकै खराब छ । स्थानीय अनुगमन समूहका अनुसार सेना सत्तामा आएदेखि अहिलेसम्म २६ सय जनाको ज्यान गएको छ ।

देशको एक आदर्श नेता
७७ वर्षीया सुकीलाई फेब्रुअरी १, २०२१ मा पक्राउ गरिएको थियो । एक दशक पछि, देशको सत्ता सेनाको हातमा लियो र म्यानमार ठूलो अशान्तिको लागि अग्रसर भएको थियो । सुकीलाई नेपितावमा राखिएको छ र उनको सुनुवाइको क्रममा वकिल राख्न दिइएको छैन । सुकीलाई सुरुमा अज्ञात स्थानमा नजरबन्दमा राखिएको थियो । सू की नोबेल पुरस्कार विजेता हुन् र म्यानमारमा एक महान व्यक्तित्वको रूपमा उनलाई हेरिन्छ। उनी धेरै पटक जेल परेकी छन् ।