जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार ०७:१४

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ – उपराष्ट्रिपति पुन


काठमाडौं, साउन २७ । उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न चाडपर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद–अल–अधा ९बकर–इद०का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त रहेको र विभिन्न समुदायका चाडबाड, रीतिरिवाज र धर्मसंस्कृतिले आपसी सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाएको उल्लेख गर्नुभएको छ ।

‘नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, सन्देशमा भनिएको छ ।