जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार १२:३६

स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौं, साउन २७

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्कनु भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ओली आज अपरान्ह सवा १२ बजे विमानस्थल उत्रनु भएको हो ।

विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु लगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत आज दिउसो सवा १२ बजे अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभयो । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक बढी समय लागेको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरेका छन ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो । दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो । उहाँलाई काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्नसमेत चिकित्सकले सुझाएका छन ।