जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ०७:३१

समाजवादी पार्टीका सांसद सूर्यनारायण यादवले दिए राजीनामा


काठमाडौं, साउन २८ । संघीय संसदको प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा सूर्यनारायण यादवले राजीनामा दिनुभएको छ । यादवले सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाउनु भएको हो ।

आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद यादवले बताउनुभयो । ‘मलाई डाइबिटिज लगायत समस्या थियो। पछिल्लो समय स्ट्रेस पनि बढिरहेको थियो, त्यसैले आराम गर्न पदबाट राजीनामा दिएको हुँ,’ राजीनामापछि यादवले भन्नुभयो ।

यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ। त्यसपछि पुनः चुनाव गराउनुपर्छ। हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ।