जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १७:३०

कतारमा पतिको मृत्युपछि पत्नीले पनि गरिन् आत्महत्या


धरान, साउन २८

कतारमा समुन्द्रमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका ललित लिम्बुकी पत्नीले आत्महत्या गरेकी छिन् । धनकुटाका लिम्बुको मृत्युको खवर लगत्तै उनले पनि झुण्डिएर आत्महत्या गरेको परिवारस्रोतले जानकारी दिएको छ ।

श्रीमानको मृत्यु भएको खबर सुनेर ललितकी श्रीमतीले पनि आत्महत्या गरेपछि परिवारमा शोक थपिएको हो । बकर इदको बिदा मनाउन समुद्री किनारामा पौडी खेल्ने क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ३, का ३३ वर्षीय ललितको आइतबार ज्यान गएको थियो । टीका एक महिना पहिले कतारबाट नेपाल फर्किएको र ललित पनि नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो । टीका पाँच महिनाको गर्भवती भएको पनि बताइएको छ ।