जनता टाइम्स

७ माघ २०७९, शनिबार ११:२६

असहिष्णु बन्दै मेयर बालेन, विशाल भण्डारीसँग फेसबुकमा जुहारी


काठमाडौं, ७ माघ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले शुक्रबार आफनो फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मेन्सन गर्दै केही प्रश्नको जवाफ दिन आग्रह गर्नुभयो । काठमाडौं महानगरपालिकाका मेयर साहले डोजर आतंक फैलाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

रक्षक नै भक्षक भएको भन्दै मेयर साहविरुद्ध प्रश्न उठाउँदै केही प्रश्नको जवाफ मागेका छन् । त्यही साहविरुद्ध उठेको प्रश्नहरु सेयर गर्दै निर्देशक भण्डारीले मेयर बालेन साहलाई भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको उत्तर जवाफ दिन आग्रह गर्नूूभयो ।

उहाँले विरोधीको आवाजलाई विकासको तथ्थाङले दबाउन सकिन्छ भन्दै सुझाव दिनुभयो । आम नागरिकको प्रश्नको उत्तर दिएर पाँच वर्ष चुड्कीमै जान्छ भन्ने आसय ब्यक्त गररे। आशा गरिएका मेयरसाहमाथि भत्काएको बाहेक बनाएको केही देखिएन भन्ने गुनासो गर्ने बढेको भनेर मेयर साहलाई सुझाव दिनुभएको थियो । तर डोजर आतंक मचाइरहेका मेयर बालेन साहलाई उहाँको सुझाव पचेन ।

मेयर साहले निर्देशक भण्डारीले पोष्ट गरेको स्टाटसमा अमर्यादित जवाफ फर्काउनुभएको छ । आफनै व्यक्तिगत अकाउन्टबाट मेयर साहले उल्टै निर्देशक भण्डारीमाथि टिप्पणी गर्नुभयो ,। उहाले लेख्नुभयो ,‘ तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन ।’