काठमाडौं, साउन ३०
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।
नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो। प्रहरी स्रोतका अनुसार विहिवार साँझको जनतासँग सिधा कुरामा अन्र्तवार्ताका लागि बोलाएको खवर पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धानको विषय प्रभावित पार्न सक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
कार्कीलाई आजै चितवन लैजाने चितवन प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद हत्या र भिडियोका कारण कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।
कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताउनु भयो । आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भनिएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए। पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्