जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १०:००

अरुणखोला पुल भाँचिएपछि २२ किलोमिटर लामो जाम, यात्रुलाई सास्ती


नवलपरासी, साउन ३१

पूर्वपश्चिम महेन्द्र राजमार्गको अरुणखोला पुल भाँचिएपछि त्यहा २२ किलोमिटर लामो जाम भएको छ । दुई दिनदेखी पुल अवरुद्ध भएपछि डाइभर्सन बनाई एकतर्फी गाडी संचालनमा आएको छ । तर, अत्याधिक जामका कारण सो क्षेत्रमा यात्रु प्रभावित बनेका छन् ।

बिहीबार राति र शुक्रबार बिहान पानी परेका कारण अरुणखोलामा राजमार्गबाट दक्षिणमा बनाइएको डाइभर्सन पार गर्न धेरै समय लाग्ने गरको छ। डाइभर्सन निमार्ण गरिएको स्थानमा ठूला मालवाहक गाडि फँस्दै गरेकाले यातायात सुचारु हुन नसकेको हो। अरुखाखोला पुलबाट पश्चिम दाउन्ने पहाडसम्म गाडिको लाइन छ भने पुलदेखि पूर्व चोरमाराको जंगलमा रहेको ४० किलोमिटर भन्ने स्थान र डण्डाबजारसम्म लाइन छ।रातभरि यात्रु पानी समेत खान नपाएर राजमार्गमै बस्न बाध्य भएका छन।

जामका कारण अत्यावश्यक सेवाका साधन पनि बीचमै रोकिएका छन्। अरुणखोलाको जाम छिचोल्न कम्तिमा २० घण्टा भन्दा लाग्ने गरेको छ। राजमार्गको दक्षिणबाट अरुणखोलामा बनाइएको डाइभर्सन सडकमा पानी बहावकालागि राखिएको ह्यूमपाइप भएको स्थानमा एकतर्फीमात्र गाडि संचालन हुने गरेका कारण घण्टौ जाम हुने गरेको हो। पूर्वपश्चिम हिँडेका यात्रुले जंगलमा जाममा पर्दा सास्ती भोगेका छन्।