जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १०:०६

नेकपाको सचिवालय बैठक ११ बजे नै बोलाइयो, एकतालाई टुंगोमा लगाउने तयारी


काठमाडौं, साउन ३१

पार्टी एकताको बाँकी कामलाई पूर्णता दिन सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही समयमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

अपरान्ह तीन बजे बोलाइएको बैठक सारेर ११ बेज बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठकले एकताको बाँकी काम टुंगो लगाउने कार्यसुची तय गरिएको छ । तीन पटकसम्म स्थगित भएको नेकपाको सचिवालय बैठक आज निश्कर्षमा पुग्ने सचिवालयका एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय, बभिाग र बिशेष कमिटीको निर्णय हुने गरी एजेण्डा तय गरिएको छ । यसअघि हिजो बसेको बैठकमा सामान्य रुपमा केही विषयमा छलफल भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली थकित भएपछि आजका लागि सारिएको थियो ।

पार्टी स्कूल बिभागसँगै युवा र बिद्यार्थीको इञ्चार्ज कसलाई बनाउने भन्ने सहमति पूर्वएमाले नेताहरुमै जुटन सकेको छैन । खासगरी केही युवा नेताको नाम किटान गरेर केही नेताले मान्दै मान्दिन भनेर निहुँ खोजेपछि सहमति जुटन नसकेको हो । यद्यपी अध्यक्ष ओलीले पूर्वएमाले नेताहरुसँग छलफल गरी सहमतिका साथ अघि बढाउने अन्तिम प्रयाश गर्नुभएको छ ।

आजको बैठकबाट ठोश निश्कर्ष दिने गरी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्ड लाग्नुभएको सचिवालयका एक नेताले जनताटाइम्सलाई बताए । पार्टी एकता भएको १५ महिना पुग्न लाग्दा पनि नेकपाको साँगठानिक एकताले पुर्णता पाउन नसक्दा कार्यकर्तामा निरासा मात्रै छाएको छैन, नेकपाका नेता कार्यकर्ता जनतासँगको सम्बन्धबाट कसौं टाढा पुगेका छन । तीन महिनामा टुंगो लगाउने भनिएको एकताको मिति पर धकेलिएसँगै शीर्ष नेताहरु नै बार्गेनिङमा उत्रिएका छन । आफू र आफू निकटलाई मात्रै पदको भारी बोकाएरआफू बलियो भएको महसुस गर्न शीर्ष नेता लागेपछि कार्यकर्ता तहमै नेताहरुप्रति असन्तुष्टि सुरु भएको छ । एकता पर धकेल्ने काम शीर्ष नेताबाटै भइरहेको भन्दै आलोचनासमेत सुरु भएको छ ।

नेकपाको एकताले पुर्णता नपाएकै कारण गत जेठ २ गते भएको सचिवालयको निर्णयसमेत कार्यान्वयनमा आएको छैन । सचिवालयले गरेको निर्णय अपानिमार्फत नआउँदा सचिवालय सदस्य बामदेव गौतम संयोजक रहनुभएको किसान महासंघबाहेक कुनै पनि जनसंगठनले आफ्नो साँगठानिक काम अघि बढाउन सकेका छैनन । सर्वसम्मत रुपमा सिफारिश गरिएको जनसंगठनको केन्द्रीय समितिको आकारसमेत घटाएर पठाएपछि जनसंगठनले काम गर्न नसकेका हुन ।