काठमाडौं, साउन ३१ । पार्टी एकताको बाँकी कामलाई पूर्णता दिन सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बिहान ११ बजेदेखि बस्ने भएको छ ।
हिजोदिउसो बोलाइएको बैठक प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको कायृ ब्यस्थताका कारण स्थगित भएको थियो । कामको धपेडीका कारण सरीरमा आलस्य भएकोलेबैठक स्थगित भएपछि प्रधानमन्त्रीको स्वास्थ्यकै बिषयमा अफवाह फैलाइएपछि आज बिहानै सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज ११ बजे बस्ने बैठकले एकताको बाँकी काम टुंगो लगाउने कार्यसुची तय गरिएको छ ।
पटक-पटक स्थगित भएको नेकपाको सचिवालय बैठक आज निश्कर्षमा पुग्ने गरी बस्न लागेको सचिवालयका एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय, बभिाग र बिशेष कमिटीको निर्णय हुने गरी एजेण्डा तय गरिएको छ ।
गत साउन १३ गतेपति नेकपाको सचिवालय बैठक बस्न सकेको छैन । साउन २८ गते बस्ने निर्णय भएपनि नेताहरुबीच सहमति जुटन नसक्दा दुई पटक स्थगित भइसकेको छ । हिजो र अस्ती बैठक स्थगित भएपछि पार्टी स्कूल बिभागसँगै युवा र बिद्यार्थीको इञ्चार्ज कसलाई बनाउने भन्ने सहमति पूर्वएमाले नेताहरुमै जुटन सकेको छैन । खासगरी केही युवा नेताको नाम किटान गरेर केही नेताले मान्दै मान्दिन भनेर निहुँ खोजेपछि सहमति जुटन नसकेको हो । यद्यपी अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमाले नेताहरुसँग छलफल गरी सहमतिका साथ अघि बढाउने अन्तिम प्रयाश गर्नुभएको छ ।
आजको बैठकबाट ठोश निश्कर्ष दिने गरी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, प्रचण्ड लाग्नुभएको सचिवालयका एक नेताले जनताटाइम्सलाई बताए । पार्टी एकता भएको १५ महिना पुग्न लाग्दा पनि नेकपाको साँगठानिक एकताले पुर्णता पाउन नसक्दा कार्यकर्तामा निरासा मात्रै छाएको छैन, नेकपाका नेता कार्यकर्ता जनतासँगको सम्बन्धबाट कसौं टाढा पुगेका छन । तीन महिनामा टुंगो लगाउने भनिएको एकताको मिति पर धकेलिएसँगै शीर्ष नेताहरु नै बार्गेनिङमा उत्रिएका छन । आफू र आफू निकटलाई मात्रै पदको भारी बोकाएरआफू बलियो भएको महसुस गर्न शीर्ष नेता लागेपछि कार्यकर्ता तहमै नेताहरुप्रति असन्तुष्टि सुरु भएको छ । एकता पर धकेल्ने काम शीर्ष नेताबाटै भइरहेको भन्दै आलोचनासमेत सुरु भएको छ ।
यी सवै बिषयमा जानकार रहेका अध्यक्षद्वय ओली र प्रचण्ड आजको बैठक निर्णायक बनाउन चाहिरहनुभएको छ ।आजको बैठकले एकताको सवै काम टुंगो लगाउने नेताहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्