जनता टाइम्स

१४ माघ २०७९, शनिबार १८:०१

एक महिनामा इरानले दियो ५० भन्दा बढीलाई मृत्युदण्ड


तेहरान, १४ माघ । इरानी अधिकारीहरूले सन् २०२३ मा ५५ जनालाई मृत्युदण्ड दिएका नर्वेस्थित इरान मानव अधिकार (आइएचआर) समूले भनेको छ । मृत्युदण्डको बढ्दो प्रयोगले देशलाई थप त्रसित बनाएको समूहले जनाएको छ ।

यसैबीच, अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भनेको छ कि विरोध प्रदर्शनमा मृत्युदण्डको सजाय सुनाइएका तीन युवामध्ये सबैभन्दा कान्छो एक १८ वर्षीयलाई हिरासतमा चरम यातना दिइएको थियो ।

आईएचआरले यो वर्षको पहिलो २६ दिनमा कम्तीमा ५५ वटा मृत्युदण्डको पुष्टि गरेको बताएको छ । प्रदर्शनसँग सम्बन्धित आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको छ, जबकि फाँसी दिइएका ३७ जना दोषीलाई लागूऔषधसँग सम्बन्धित अपराधका लागि दोषि ठहर गरिएको थियो ।