जनता टाइम्स

१५ माघ २०७९, आईतवार १६:१७

कविता : प्रचण्ड ! अब अन्त जाने मन नलगाउ !


– गोबिन्द ज्ञवाली

भूमिगत जीवन र युद्धका शृङ्खला पार गर्दै,
थुप्रै कठिनाइ र चुनौतिका यात्राहरु छिचोल्दै !
अनेक मोड र घुम्तिमा बाटो बिराउदै अन्तै हरायौं !
हराएर पनि आफ्नै घर आयौं, सहि निशाना लगायौं ! !
तेसैले,
प्रचण्ड !
आफ्नो सहि गन्तव्य ठम्याउ,
अब,अन्त जाने मन नलगाउ !

निरङ्गकुशताको अन्त्य र दाशताको बिरुद्धमा लड्यौं,
मुक्ति र स्वतन्त्रता लागि, काहाली लाग्दो युद्ध छेड्यौं !
शान्तिपूर्ण आन्दोलन छोडी,ससस्त्र युद्ध र द्वन्द छायौं,
युद्ध भडकिएर गएपनी, अन्ततः शान्ती यात्रा पछ्यायौं !

तेसैले,
प्रचण्ड !
शान्ती र एकताको बाटो समाउ,
अब, अन्त जाने मन नलगाउ !

युगान्तकारी परिवर्तनको लागी ,रगत र पसिना बगायौं !
युद्ध छोडी,शान्तिपुर्ण वाम आन्दोलनको बाटो समायौं !
युद्धले जटिल बनेको समस्यै समस्याको गांठो फुकायौं,
ूबृहतःशान्ती संझ्यौताू द्वन्द समाधानको बाटो बनायौं !
तेसैले,
प्रचण्ड !
आफ्नो लक्ष्यलाई सार्थक बनाउ,
अब,अन्त जाने मन नलगाउँ !

युद्ध र द्वन्द्वको पिडाबाट मुक्ति दिलाइ,हर्ष र खुशी छायौँ,
देशको लोकतान्त्रिक बाम आन्दोलनको मुलधारमा आयौं !
क्रान्तिकारी लोकप्रीय नारा थिए,जनताको पूरा बिश्वास पायौं,
प्रतिस्पर्धी निर्वाचनमा माहोल बन्यो,सत्ताकोनि सांचो समायौं !
तेसैले,
प्रचण्ड !
स्थिरता र वाम एकता दर्हो बनाउं,
अब,अन्त जाने मन नलगाउँ !

युद्धको धङ्गधङ्गिले ठाउँमै पुग्यौं,अत्तालियर सत्ता गुम्यो,
मार्गदर्शक शिद्धान्त र बिचार दब्यो, सत्ताको खेल जम्यो !
कांग्रेसलाई वर्ग शत्रु ठान्यौ, फेरि, सत्ता पाउन गुरु मान्यौं,
आफ्नै सरकार ढलाएर,परमादेशि सरकार बिजय ठान्यौं !
तेसैले,
प्रचण्ड !
सहयात्रीको सहि निशाना लगाउ,
अब,अन्त जाने मन नलगाउँ !

काहाली लाग्दो गठबन्धनले देश चलाउंदानी, सन्चै मान्यौं,
कांग्रेस पुच्छर बन्यौ, एमालेका कांचुली बोकि चुनाव लड्यौं !
सातदल भिड्दानी नसक्ने गरि,जनताको मनमा एमाले देख्यौं,
परेपछि मात्र बुझ्यौं,एमाले बिरुद्ध प्रयोग भाको इतिहास लेख्यौं !
तेसैले,
प्रचण्ड !
एमाले रोज,नक्कली माया भगाउ,
अब,अन्त जाने मन नलगाउँ !

चितुवाको जिम्मा,बाख्राको जीवन सम्भव छैन भनेर बुझ्यौं,
कांग्रेसि जाल समयमै तोड्यौं, ‘बा’संग नाता फेरिनी जोड्यौं !
उचालीराछन,समाप्त पार्न घाँस देखाइराछन,फेरिनी फसौंला
एकतानै गर,यहां जस्तो रक्षा सम्मान हुंदैनअन्त भनेरबुझौला
तेसैले,
प्रचण्ड !
शत्रु र मित्रु चिन, चक्कर नखाउ,
अब,अन्त जाने मन नलगाउ !

ओल्लो घरबाट,पल्लो घरसरि,पल्लोघर देखि फेरि ओल्लैमा,
भइदैन सफल, यसैमा झुलीइ,सत्ताको खेल निरन्तर खेल्दैमा
बुझौंन अब,पुरानो सत्ता गयो, नयाँ आयो,जनताले केपाछन ?
युद्धपीडित,सहिदपरिवार,अपांग,बेपत्ता कुनहालमा कताछन
तेसैले,
प्रचण्ड !
सत्ताको खेल नखेलि काम सफल बनाउ,
अब,अन्त जाने मन नलगाउँ

गरेको बाचा र बन्धन पालना गरि, यहि खोजौं समाधान,
सहमतीको नाममा,कांग्रेसको जालमा,परियला,सावधान !
विपक्षीसंग सहमति गर्ने पदलेहैन,जनताका मुद्धाले समेट्नु,
यहि समीकरणद्वारा,रास्ट्रको रक्षा,सुसासन रसमृद्धि ओगट्नु
तेसैले,
प्रचण्ड !
पदको ग्यारेन्टी यहि हुन्छ,
वाम एकता बलियो बनाउ !
सुसासन र समृद्धि अघि बढाउ,
अब,अन्त जाने मन नलगाउ !

फेरि दोहोर्याउ,
भुमिगत जीवन र युद्धका शृङ्खला पार गर्दै,
थुप्रै कठिनाइ र चुनौतिका यात्राहरु छिचोल्दै !
अनेक मोड र घुम्तिमा बाटो बिराउंदै अन्तै हरायौं !
हराएर पनि आफ्नै घर आयौं,सहि निशाना लगायौं ! !
तेसैले,
प्रचण्ड !
आफ्नो सहि गन्तव्य ठम्याउ,
अब,अन्त जाने मन नलगाउ !

। समाप्त ।