जनता टाइम्स

१५ माघ २०७९, आईतवार २१:०७

प्रहरीको गोली लागी घाइते भएका उडिसाका स्वास्थ्यमन्त्रीको मृत्यु


काठमाडौं, १५ माघ ।  प्रहरीले गोली हानेपछि घाइते भएका भारत उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उहाँमाथि गोली प्रहार गरेका थिए । एक कार्यक्रममा सहभागी हुन जानेक्रममा उहाँमाथि प्रहरी असिस्टेन्ट सब इन्सपेक्टर गोपाल दासले मन्त्रीमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए । उहाँको छातीमा गोली लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीले उहाँको मुटुमा चोट पुर्‍याएको जनाइएको छ । गोली लागी घाइते भएका उहाँलाई उपचारका लागि उडिसाको राजधानी भुवनेश्वरस्थित अपोलो अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले स्वास्थ्यमन्त्रीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाबारे थप अनुसन्धान गर्न निर्देशन दिनुभएका छ । मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरिएको छ ।