जनता टाइम्स

१८ माघ २०७९, बुधबार १७:५२

बजेट पढ्दै गर्दा चिप्लियो अर्थमन्त्री निर्मलाको जिब्रो, सदन गुञ्जियो हासो


एजेन्सी, १८ माघ । केन्द्रीय बजेट २०२३–२४ को भाषणमा वित्तमन्त्री निर्मला सीतारमणले प्रदूषणको भन्नुको सट्टा अर्कै थोक भनेर जिब्रो चिप्लियो। यसपछि सदनमा हाँसो गुञ्जियो । यो सम्पूर्ण मामिला नितिन गडकरीको सडक यातायात तथा राजमार्ग मन्त्रालयसँग सम्बन्धित थियो । तर, उनले छिट्टै आफ्नो गल्ती सच्याइन् । उनले माफी माग्दै आफ्नो कुरा प्रष्ट पारिन् ।

वास्तवमा, उनी प्रदूषित सवारी साधन हटाउने कुरा गरिरहेकी थिइन् तब उनको जिब्रो चिप्लियो। सम्बोधनका क्रममा उनी भन्छिन्– सडकबाट पुराना सवारी साधन हटाउने देशको पुरानो नीति हो । उनले भनिन् ‘रिप्लेसिंग द ओल्ड पोलिटिकल री …..’ उनले यति के भनेकी थिइन् सदन हाँसोले गुन्जियो । यसबारे विपक्षी दलका सांसदले अर्थमन्त्रीलाई केही भनेपछि उनले ‘मलाई थाहा छ’ भनिन् ।

अर्कोतर्फ, निर्मलाको कुरा सुनेर केन्द्रीय मन्त्री नितिन गडकरी पनि खितका छाडेर हाँसिरहेका थिए। पोलुसन भन्नु पर्नेमा पोलिटिकल भनेकाले हासो गुञ्जिएको थियो । त्यसपछि निर्मलाले सबैलाई धन्यवाद ज्ञापन गरिन् । आफ्नो कुरालाई अगाडि बढाउँदै अर्थमन्त्रीले सबै पुराना प्रदूषणकारी सवारी साधन हटाउनु हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताइन् ।

यसअघि, केन्द्रीय बजेट २०२३–२४ प्रस्तुत गर्ने क्रममा निर्मला सीतारमणले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशको अर्थतन्त्र सही बाटोमा रहेको बताइन् । आफ्नो सरकारको नौ वर्षमा प्रतिव्यक्ति आय दोब्बरले बढेर १ लाख ९७ लाख पुगेको उनले बताइन् । विश्वका अन्य ठूला देशको तुलनामा भारतको चालु वर्ष ७ प्रतिशतको दरले आर्थिक वृद्धि हुने अनुमान गरिएको अर्थमन्त्रीले बताइन् । भारतको विकासलाई विश्वले मान्यता दिएको छ ।

उनले जी –२० को अध्यक्षताको अवसर पाएपछि भारतले विश्व अर्थतन्त्रमा अझ बलियो भूमिका खेल्ने अवसर पाएको बताइन्।