जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १६:१०

बामदेव गौतम संगठन बिभागको नेतृत्वसहित उपाध्यक्षमा बढुवा : केन्द्रीय कार्यालयमा रिजाल र ढकाल


काठमाडौं, साउन ३१

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले संगठन बिभाग प्रमुखको जिम्मेवारीसहित बामदेवलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार अध्यधद्वयको उक्त प्रस्तावलाई आगामी स्थायी समितिको बैठकले पास गरेसँगै वामदेव दुई अध्यक्षपछि एक उपाध्यक्ष हुनुहुनेछ । अहिले पार्टीमा दुई अध्यक्ष र महासचिवको मात्र व्यवस्था गरिएको छ । तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सृजना गरिएको छ ।

यो निर्णयसँगै गौतमले कार्यकारी भुमिका पाउनुभएको छ । गौतमले लामो समयदेखि आफूलाई कार्यकारी भुमिकाको माग गर्दै आउनुभएको थियो । यसैविच सचिवालय बैठकले केन्द्रीय कार्यालय सचिव पनि तोकेको छ । बैठकले इश्वरी रिजाल र श्रीराम ढकाललाई सचिवको जिम्मेवारी दिएको छ ।