जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार १०:१३

चितवनमा रविलाई काउन्टर, युवाले निकाले निष्पक्ष छानविनको माग गर्दै जुलुश


चितवन, साउन ३२

साउन पत्रकार  पुडासैनीको ‘आत्महत्या’ प्रकरणले गर्दा चितवन तनावग्रस्त हुने देखिएको छ । आत्महत्याकालागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेको पक्षमा प्रर्दशन भएको भोलीपल्ट प्लेकार्डसहित जुलुश भएको छ ।

रविका समर्थकलाई काउन्टर दिदै स्वतन्त्र छानविन गर्न र न्याय दिलाउन भन्दै शनिबार विहानै चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका छन् । पुडासैनीले आत्महत्या अघि बनाएको भनिएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार लामिछाने लगायत तीन जनाले आफुलाई मर्न वाध्य पारेको बताएका थिए । शनिबार विहानै चितवनका स्थानिय युवाहरुले कानुनत छानविन गर्नुपर्ने, पुडासैनीलाई न्याय दिलाउनुपर्ने भन्दै प्लेकार्डसहित चितवनको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुश निकालेका छन् ।

प्रर्दशनकारीहरुले बोकेको प्ले कार्डमा निष्पक्ष छानविन गर्न देउ,अपराधलाई राजनितिकरण नगरौं,पुडासैनीले न्याय पाउनैपर्छ लगाएतका नाराहरु लेखिएका थिए । स्वतन्त्र युवा समुहको नामबाट गरिएको प्रर्दशनमा दर्जनौ युवाहरु सहभागी रहेका थिए ।