जनता टाइम्स

२५ माघ २०७९, बुधबार १८:१९

प्रपोज गर्दा केटाले किन एउटा घुँडा टेक्छन् ? यस्तो छ कारण . . .


एजेन्सी, २५ माघ । प्रेमको महिना फेब्रुअरी आफ्नो सबैभन्दा सुन्दर दिनहरूबाट गुज्रिरहेको छ। आज भ्यालेन्टाइन विकको दोस्रो दिन प्रपोज डे। फेब्रुअरी ८ लाई विश्वभर प्रपोज डेको रुपमा मनाइन्छ । यस दिन प्रेममा परेका हरेक व्यक्तिले आफ्नो मनको भावनालाई पार्टनरलाई ब्यक्त गर्ने प्रयास गर्छन् । र उनको साथमा सहमतिको अपेक्षा गर्दछन् ।

फिल्ममा प्रेमीले एउटा घुँडा टेकेर प्रेमिकालाई प्रपोज गरेको देख्नु भएको होला ! तर तपाई यसलाई रोमान्टिक इशारा मात्र मान्नु हुन्छ, यसको पछाडिको कारण थाहा छैन ? आज हामी तपाईलाई घुँडा टेकेर प्रपोज गर्नुको पछाडिको इतिहास र अर्थ बताइरहेका छौँ ।

घुँडा टेकेर प्रपोज गर्नु नाइटहुड (मध्यकाल) को समयदेखिको परम्परा हो । यस समयमा विवाह र धर्मले एकअर्कासँग घनिष्ठ सम्बन्ध राख्दथे । यो समयमा पुरुषले घुँडा टेकेर आफ्ना महिला साथीहरूलाई विवाहको प्रस्ताव राख्दथे । जसरी एक सिपाहीले सम्मान र वफादारी देखाउन आफ्नो मालिकको अगाडि घुँडा टेक्छ ।

घुँडा टेकेर प्रपोज गर्नु प्रार्थना, समर्पण, आदर र सम्मानसँग सम्बन्धित छ । यस्तो अवस्थामा यदि कुनै व्यक्तिले तपाईंलाई आफ्नो घुँडा टेकेर प्रपोज गर्छ भने उसले तपाईप्रति प्रेम भाव मात्र देखाइरहेको हुँदैन, तपाईंलाई उसले अत्याधिक महत्व दिइरहेको छ भन्ने पनि बुझ्नु पनेृ हुन्छ ।

त्यसो त पार्टनरलाई प्रपोज गर्ने तरिका ठाउँ अनुसार फरक हुन सक्छ। उदाहरणका लागि, युएईमा केटीलाई प्रपोज गर्न केटाले पहिले आफ्नी आमासँग कुरा गर्नुपर्छ । यसैगरी, आयरल्याण्डमा प्रपोज गर्न एक विशेष प्रकारको औंठी लगाइन्छ ।

प्रस्ताव गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा सही शब्द र भावना छनोट हो । यस्तो अवस्थामा कतिपयले लाखौं खर्च गरेर आफ्नो पार्टनरलाई महँगो ठाउँमा लगेर प्रपोज गर्छन् । साथै, केहि व्यक्तिहरू छन् जो सँगै बिताएका सम्झनाहरूले आफ्नो कोठा सजाउन र आफ्नो पार्टनरलाई आफ्नो मनको कुरा भन्न मन पराउँछन्।