जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार १९:१७

भारतको बदलिदो दक्षिण एसियाली रणनीतिको परिवेशमा क्वात्राको नेपाल भ्रमण


यी परिदृष्यमा नेपालले आफ्नो पारम्परिक कूटनीतिक सोचमा पनि परिर्वतन गर्नु पर्ने छ । भारतसंगको व्यापार घाटालाई न्यूनीकरण उर्जा बजारको निर्माण गर्नु, पर्यटन क्षेत्रमा भारतीय लगानी र पर्यटक भित्र्याउनु जस्ता अनुष्ठान नेपालले गर्नु पर्दछ

विपिन देव

नेपालको तरल राजनीतिले गर्दा भारतको उच्च स्तरीय भ्रमणलाई वडो चासोले अवलोकण गर्ने गरिन्छ । राष्ट्रपतिको चूनाव, प्रचण्डको अस्थिरता, नेपाली काङ्ग्रेसको आतुरता र साना दलहरूको सत्ता लोलुपताले गर्दा विदेश सचिव क्वात्राको भ्रमणलाई अर्थपूर्ण विषलेशण पत्र पत्रिकामा पढ्न पाइन्छ ।

फाल्गुण १ गते क्वात्राले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष, परराष्ट्रमन्त्री, काङ्ग्रेस सभापति, परराष्ट्र सचिवसंग वार्ता गरेका छन् भने २ गते मंगलबार उपप्रधानमन्त्री द्वय, नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी सीके राउत, शेखर कोइराला, वालकृषण खाड र रमेश लेखकसंग भेट गरेका छन् । पुरानै प्रवृती र शैली अनुसार क्वात्राको भ्रमणलाई नेपाली राजनीति, सत्ता गठवन्धन र सत्ता गठजोडसंग जोडेर व्याख्या गरिन्छ । आवरणमा विद्युत निर्यात र रेलवे योजदनालाई जोडिएता पनि राजनीतिक मन्त्रणामा बढि जोड दिइएको छ । भारतको वदलिादो दक्षिण एशियाली रणनीतिको परिवेशमा क्वात्राको नेपाल भ्रमणलाई विषलेशण गर्दा भारतीय कूटनीतिको केही अध्यारो कुनाहरूलाई आलोकित गर्न सकिन्छ ।

वासिंगटन स्थित बुकिङ्ग अध्ययनन शोध संस्थानका निर्देशीका डा. तानवी मैदानले एक रोचक पुस्तक प्रकाशित गरेकी छिन् । “फेटफुल ट्रायङ्गल” नाम उक्त पुस्तकले भारत, अमेरिका र चिनको त्रिकोणात्मक सम्वन्धलाई प्रकास पारेकी छिन् । पुस्तकले भारतीय कूटनीतिको महत्वांकाक्षालाई पनि उद्घाटित गरेको छ । अर्थात् कोरनाको कहरबाट भारत द्रुर्त गतिले आप्mनो अर्थतन्त्रलाई लिकमा ल्याउनु, चीन र अमेरिकाको टक्करले गर्दा भारत अमेरिका र पश्चिमा शक्ति नजिक हुनु र रसिया यूक्रेनको युद्धको अवस्थामा रसिया र अमेरिकासंग सन्तुलित नीति लिई उर्जा शंकटबाट जोगिनु भारतको कूटनीतक उपलब्धि हो भने पुस्तकले सुत्रात्मक रुपमा व्याख्या गरेको छ ।

डा. मदानले उक्त पुस्तकको माध्यमबाट भारतले आफ्नो दक्षिण एसियाली रणनीतिमा व्यापक परिर्वतन गर्नु पर्ने प्रस्तावना समेत राखेकी छिन् । वर्तमान परिदृष्यमा दक्षिण एशियाली मुलुकहरूको आर्थिक अवस्था दिवालीयापनको संघारमा देखिएको छ । श्रीलङ्कालाई आर्थिक संकटबाट जोगाउन भारतले ४ विलियन अमेरिकी डलरको धनराशी उपलब्ध गराएता पनि अन्तर्राष्ट्रिय मुद्रा कोष अझै भारत, चीन र जापानको ग्यारण्टीको लागि श्रीलङ्कालाई दवाव दिइरहेको अवस्था छ । पाकिस्तानको अवस्था दयनीय भएको छ । दुई सत्ताको लागि मात्र विदेशी मुद्र भण्डारण रहेको छ । मालदिप्सको आम्दानीको प्रमुख श्रोत पर्यटन भएकोले गर्दा मालदिप्स समेत आर्थिक संकटको संघारमा देखिएको छ ।

अपेक्षाकधृत वङ्गलदादेश श्रीलङ्का र पाकिस्तान भन्दा आर्थिक रुपमा अब्वल मानिएता पनि चीनको आर्थिक विकास दर र यूरोपको आर्थिक मन्दीको दीर्घकालीन प्रभाव वङ्गलादेशको अर्थतन्त्रमा पर्ने जानकारहरूको विष्लेशण रहेको छ । चीनबाट कच्चा पर्दाथ आयात गर्नु र यूरोप र अमेरिकामा निर्यात गर्नु नै वङ्गलादेशको आम्दामीको श्रोत रहेको छ । साथसथै म्यानमारमा सैनिक तानाशाहले गर्दा वङ्गलादेशमा शरनार्थी बढिरहेको छ । सरकारी काकडा अनुसार वङ्गलादेशमा शरनार्थी संख्या १ दशमलब ५ मिलियन रहेको छ । सानो आर्थिक आकार भएको वङ्गलादेशको अर्थतन्त्रले लगभग २ विलियन अमेरिकी डलर शरनार्थी व्यवस्थापनमा खर्च गर्नु परेको छ ।

समग्रमा भन्दा नेपाल, मालदिप्स, श्रीलङ्का, पाकिस्तान र वङ्गलादेश जस्ता मुलुकहरूको अर्थ व्यवस्थालाई भरथेग गर्न पश्चिमा शक्तिको पनि सक्रियता देखिएको छैन् । यस प्रतिकुल अवस्थामा भारतले आप्mनो दक्षिण एशियाली नीतिमा परिर्वतन ल्याएको छ । भारतका सामरिक जानकार डा. श्रीराम चौलीयाले “मोदी डोक्ट्रीन” नामक एक पुस्तक प्रकाशित गरेका छन् । डा. चौलीयाले भारत दक्षिण एशियाको “ट्रान्जीट प्वाइन्ट” भएको खण्डमा मात्रै आप्mनो आर्थिक महत्वाकाक्षालाई पुरा गर्न सक्दछ । भर्खरै भारतका वाणिज्य मन्त्री प्युस गोयलले एक व्याख्यानमा भारतको आर्थिक महत्वांकाक्षालाई उद्घाटित गरेका छन् । अर्थात् ७ देखि ८ प्रतिशतको वृद्धि दरलाई भारतले निरन्तर राखेको खण्डमा आउने २५ वर्षमा भारत ३० ट्रीलियनको अर्थतन्त्र हुने उनले तर्क राखेका छन् । भारतको अर्थतन्त्रका तीन आधारहरू प्रधानमन्त्री मोदीले पनि व्याख्या गरेका छन् ।

डेमोग्राफी (जनसंख्या) डेमोर्र्केसी (प्रजातन्त्र) र डिमाण्ड (माग) अर्थात् आर्थिक विकासका मापन गर्ने यी तीनवटा सूत्रहरू वडो उपयोगी हुने गर्दछ । यसको उदाहरण चीन र ताइवानलाई लिन सकिन्छ । प्रजातान्त्रिक शासन पद्धतिबाट विकसित ताइवानी जनताको प्रति व्यक्ति आय चीनिया जनता भन्दा ५ गुणाले अधिक देखिन्छ । भनाईको अर्थ भारतले आप्mनो राष्ट्रिय हितलाई मध्य नजर राख्दै डा. जयशंकर मालदीप्स र श्रीलङ्का यात्रा गरेका छन् भने विदेश सचिव भुटान, नेपाल र वङ्गलादेश । यस अर्थमा क्वात्राको यात्रालाई नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनसंग जोडेर हेर्नु भनेको पारम्परिक सोचबाट कूटनीतिलाई विष्लेशण गर्नु हो ।

पाकिस्तानसंग भारतको कटुता भएता पनि संघाई सहयोग संगठनको परराष्ट्रमन्त्रीय स्तरको वैठक आउने मईमा गोवा हुन लागेको छ । उक्त वैठकमा १२ वर्ष पश्चात कुनै पाकिस्तानी परराष्ट्र मन्त्रीको भ्रमण भारतमा हुने मुर्हुत हुन सक्नेछ । संघाई सहयोग संगठन र जी टेउन्टीको अध्यक्षको हैसीयतले दक्षिण एशियाली मुलुकहरू आर्थिक विकासको वातावरण बनाउ‘नु पर्ने दायित्व भारतले लिनु पर्दछ । यी परिदृष्यमा नेपालले आफ्नो पारम्परिक कूटनीतिक सोचमा पनि परिर्वतन गर्नु पर्ने छ । भारतसंगको व्यापार घाटालाई न्यूनीकरण उर्जा बजारको निर्माण गर्नु, पर्यटन क्षेत्रमा भारतीय लगानी र पर्यटक भित्र्याउनु जस्ता अनुष्ठान नेपालले गर्नु पर्दछ । आन्तरिक व्यवस्थापन, जोड र गठजोडको संयोजनको लागि कूटनीतिलाई प्रयोग गर्नु आत्मघाती हुने गर्दछ । यस परिवेशमा क्वात्राको यात्रा भारतको वृहत दक्षिण एशियाली कूटनीतिक परिदृष्यबाट विश्लेषण गर्नु समसमयीक हुने छ ।