जनता टाइम्स

१ भाद्र २०७६, आईतवार २०:१५

पूर्वराजदूत हत्याप्रकरण : किटानी जाहेरीपछि तामाङ पक्राउ


काठमाडौं, भदौ १

पूर्व राजदूत केशवराज झा को हत्यामा किटानी जाहेरीपछि सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरमा झाकी श्रीमतीले साउन २९ गते किटानी जाहेरी दिएपछि साउन ३१ गते नै कान्छाराज पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

परिसर र महानगरीय अपराध महाशाखाको टोलीले पसल थापेर बसेका कान्छाराजलाई काभ्रेको खोपासीबाट पक्राउ गरेको हो । जाहेरीको आधारमा ज्यान मुद्दामा जिल्ला अदालत, काठमाडौँबाट ७ दिन म्याद थप गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले बताउनु भयो । ८३ वर्षीय झाको गत वर्ष भदौ ३ गते राति काठमाडौंको बबरमहलस्थि आफ्नै निवासमा हत्या भएको थियो । उहाको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो । प्रहरीले सोही दिन घटना अनुसन्धानका लागि झाको घरमा १० वर्ष भन्दा बढी समय बसेका कान्छाराजलाई पक्राउ गरेको थियो।

महाशाखाको टोलीले टोलीले झाकै घरमा पाले बसेकासँगै भान्छेको काम गर्दै आएका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो । झा हत्या आरोपमा पक्राउ परेका उनीहरु भदौ २९ गते ८–८ हजार रुपैयाँ धरौटीमा छुटेका थिए । महाशाखाले तीनैजनाको पोलिग्राफ परीक्षण गरेको थियो जसमा आइतसिंह र जयबहादुरले झुटो नबोलको पत्ता लागेको थियो भने सानुकान्छाले झुटो बोलेको त्यसबेलै पत्ता लागको थियो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, ‘अदालतले समेत पोलिग्राफलाई प्रमाणका रुपमा नलिने भएकाले त्यसैलाई आधार मानेर मुद्दा चलाउने कुरा भएन। त्यसपछि सानुकान्छालाई पनि छाड्यौं।’