जनता टाइम्स

२ भाद्र २०७६, सोमबार ०८:३९

पूर्वयुवराज पारसद्वारा डियुटिमा रहेका प्रहरीमाथि हातपात (भिडियोसहित)


काठमाडौं, भदौ २

पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेका छन् । भिभिआईपी गेटको सुरक्षामा रहेका प्रहरीमाथि उनले आइतवार हातपात गरेको भिडियो नै सार्वजनिक भएको छ ।

आमा र छोराछोरीलाई थाइल्यान्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुग्नु भएका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई हातपात गरेका हुन्। ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे प्रहरी कार्यालय रानी पोखरीले समेत जानकारी राखेको छ।

थाइल्यान्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए। आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्रहरीलाई हातपात गरेका थिए । ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्दा सार्वजनिक अपराधको मुद्दा लाग्छ।

भिडियो – युथ एरोमा