टर्की, ९ फागुन । शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ। उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ । सोमवारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ। पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ ।
टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समयानुसार सोमवार साँझ ८स्०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ । उक्त क्षेत्रमै फेब्रुअरी ६ तारिखमा गएको ७।८ म्याग्निट्यूडको भूकम्पले टर्की र सिरियामा गरी ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।













प्रतिक्रिया दिनुहोस्