जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १५:५८

मानसरोवर यात्राका क्रमममा भारतीय यात्रुको निधन


रसुवा, भदौ २

मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र हुनुहुन्छ । मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा यही भदौ १ गते उहाँको निधन भएको थियो ।

ती यात्रुको शव आज बिहान ११ः२० बजे रसुवागढी नाकाबाट नेपाल भित्र्याइसकेकाले परीक्षणका लागि हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल लाने तयारी भइरहेको प्रहरीले बताएको छ । यसअघि मानसरोवर जानेक्रममा गत साउन महीनामा लेक लागेर दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो ।

साउन १ गते भारतीय नागरिक ५९ वर्षीया स्वराज्यलक्ष्मी भल्लुरु र साउन ३० गते ५३ वर्षीय उन्नीहरि एैगाडीपारम्बील को मृत्यु भएको प्रहरीले जनाएको छ ।