जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १०:१९

प्रदेश–२ का नेकपा अध्यक्ष साहले दिए राजीनामा


काठमाडौं, भदौ ३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिनु भएको छ । उहाले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटगरी राजीनामा बुझाउनु भएको हो ।

प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न असहयोग भएको भन्दै राजीनामा दिएको साहका निजी सचिव निभेष कुमारले जानकारी दिनुभएको छ । नेकपाले सातै प्रदेशका प्रदेश कमिटीमा पदाधिकारीको गत असोजमै चयन गरेको थियो। प्रदेश २ मा तत्कालीन माओवादी केन्द्रले अध्यक्ष पाउने सहमतिअनुसार साहलाई अध्यक्ष दिइएको थियो।