जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १३:५३

सिंहदरवारभित्रै नासुले गरे आत्महत्या


काठमाडौं, भदौं ३ । पछिल्लो समय आत्महत्याका घटना बढिरहेको बेला मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै एक कर्मचारीले आत्महत्या गरेका छन । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक जना नायब सुब्बाले आत्महत्या गरेका हुन ।

प्रहरीका अनुसार सिंहदरवार परिसरमा रहेको राष्टिय योजना आयोग भवनमा नायब सुब्बा बच्चु केसी विष सेवन गरी आत्महत्या गरेको अवस्थामा फेला परेका हुन । महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीले सो घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

केसीको शव बिहान ११:३५ बजे आयोगको सभाहलमा सेलफोस नामक विषादी सेवन गरेको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केसी योजना आयोगमै कार्यरत रहेका थिए ।