जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १४:०१

अमेरिकन बिमानमा सहयात्री माथी पिशाव फेर्ने भारतीय नियन्त्रणमा


काठमाडौ‌, २१ फागुन । न्युयोर्कवाट नयाँ दिल्लीका लागि उडान भरेको बिमान भित्रै एक भारतीय यात्रुले पिशाव फेरिदिएका छन । शनिवार राती दिल्ली एअरपोर्टमा अवतरण गरेको एए २९९ को उडानको बिमानमा भारतीय बिद्यार्थीले आफनै सहयात्रीको शरिरमा पिशाब फेरिदिएका हुन् । मादक पदार्थ सेवन गरेका ती बिद्यार्थीले आफनै सहयात्रीलाई पिशाब फेरिदिए पछि दिल्ली एअरपोर्टमा बिमान अवतरण हुने बितिक्कै उनलाई नियन्त्रणमा लिईएको छ ।

भारतीय नागररिक उडडयन महानिर्देशनालय (डिजिसि) का अनुसार सो घटना पछि एअरलाईन्सका चालक सदस्य दलले बिमानलाई सहजै दिल्ली एअरपोर्ट सहजै अवतरण गराईएको जनाएको छ । अमेरिकी एअरलाईन्सले एक बिज्ञप्ति जारी गरी बिमान भित्र दुब्यर्बहारको घटना भए पनि पाईलटहरुले सहजै स्थीति नियन्त्रणमा लिन सकिएको जनाउँदै बिमानका अन्य यात्रुहरुलाई कुनै समस्या नपरेको जनाएको छ ।

दिल्ली एअरपोर्टका डिसीपी देबसकुमार महलाकाका अनुसार दिल्ली प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको छ । ‘बिमान भित्रै मादक पदार्थ सेवन गरे सहयात्री माथी गर्ने ती बिद्यार्थीलाई दिल्ली एअरपोर्टवाट नियन्त्रणमा लिइसकेको छ’ उहाँले भन्नुभयो ।

पक्राउ परेका उनलाई भारतीय नागरिक उड्डयन महानिर्देशनालयले केही समयका लागि उनलाई हवाई सवारीमा प्रतिबन्ध लगाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिमानस्थलमा हर्कत गर्ने बिद्यार्थीको नाम भने उनको करिअरलाई ख्याल गरेर गोप्य राखिएको भारतीय प्रहरीले जनाएको छ । यसअघि पनि एक भारतीयले बिमान भित्र यस्तै हर्कत गरेको घटना सार्वजनिक भएको थियो ।