एजेन्सी, २३ फागुन । इरानका कलेज र विश्वविद्यालयमा छात्रालाई स्लो पोइजनिङको घटना अझै शान्त भएको छैन । यसैबीच त्यहाँका विद्यालयका छात्राहरूलाई अश्लील भिडियो हेर्न बाध्य पारेर धम्की दिइने गरेको एक रिपोर्टले दाबी गरेको छ । यी विद्यार्थीहरुलाई सरकार विरोधी आन्दोलनमा सहभागी भए यसरी पार्ने भिडियोमा देखिएजस्तै गरी बलात्कार गर्ने बताइन्छ ।
कतिपय अभिभावकले यसबारे गुनासो पनि गरेका छन् । तर, इरान सरकार यस विषयमा केही बोल्न तयार छैन । इरानको हिजाब विरोधी आन्दोलनमा हजारौं विद्यालयका छात्राहरु सहभागी भइरहेका छन् । उनीहरुलाई विभिन्न तरिकाले यातना दिइन्छ ।
सुरक्षा बलको घृणित कार्य
साउदी अरेबियाको न्यूज वेबसाइट ‘अल अरेबिया’ले बेलायतस्थित न्यूज वेबसाइट ‘इरान वायर’लाई उद्धृत गर्दै छात्राहरुलाई पोर्न देखाएको जानकारी दिएको छ । यो प्रतिवेदनमा इरानको सुरक्षा बलले यो जघन्य कार्य गरिरहेको बताइएको छ ।
यसका लागि कक्षाहरूमा अनिवार्य सत्रहरू गरिँदै आएको प्रतिवेदनमा उल्लेख छ । अर्थात् यसमा छात्राहरु आउन जरुरी छ । सुरक्षा बलहरूले छात्राहरूलाई सरकार विरोधी प्रदर्शनमा भाग लिएमा गम्भीर परिणाम भोग्ने धम्की दिइरहेका छन्। राजधानी तेहरानको जिल्ला ४ र ५ का विद्यालयमा यस्तो कारबाही गरिएको हो ।
रिपोर्टमा यी अश्लील भिडियोहरू बन्दर महशरको शाहिद रिहाने अल नबी स्कूलमा देखाइएको दाबी गरिएको छ। यही विद्यालयमा (अक्टोबरमा) पहिलो पटक सरकार विरोधी नारा लगाइएको थियो । प्रतिवेदनमा कतिपय कुराहरू छन् जुन यहाँ लेख्न पनि सकिँदैन ।
प्रतिक्रिया दिनुहोस्