जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार १८:३३

टेलिकमले विन्टर अफर : १९९ रूपैयाँमा एक महिनाका लागि ४२० मिनेट भ्वाइस, ४२० एसएमएस र ४२०० एमबी डेटा


काठमाडौं, २५ फागुन । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विन्टर अफर २०७९ अन्तर्गत सजिलो प्रिपेड कम्बो प्याक सञ्चालन गरिरहेको छ । यसअन्तर्गत रु। १९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी डेटा, भ्वाइस र एसएमएसको अफर दिइएको हो ।

कम्पनीका अनुसार यो प्याक लिने ग्राहकले २८ दिनका लागि कूल ४२०० एमबी डेटा (प्रतिदिन १५० एमबीसम्म), ४२० मिनेट भ्वाइस (अल नेट–प्रतिदिन १५ मिनेटसम्म) र ४२० एसएमएस (अल नेट–प्रतिदिन १५ एसएमएससम्म) को सुविधा पाउनेछन् । सेवा लिन ग्राहकले मोबाइलमा *१४१५*२*३# डायल गर्नुपर्ने छ । साथै टेलिकमको मोबाइल एपबाट समेत यो प्याक एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ ।