तेहरान, २८ फागुन । इरानले एक जना स्विडेनी–इरानी असन्तुष्टलाई मृत्युदण्ड सजायको पुष्टि गरको छ । टर्कीको एक विमानस्थलबाट बेपत्ता भएका हबीब फराजोल्लाह चाबलाई मृत्युदण्डको सजाय भएको इरानी न्यायालयले आज पुष्टि गरेको हो ।
न्यायपालिकाको मिजान अनलाईन वेबसाइटका अनुसार चाबलाई हरकत अल निदाल नामको विद्रोही समूहको गठन, व्यवस्थापन तथा नेतृत्व गरेको तथा खुजेस्तान प्रान्तमा धेरै आतङ्कवादी आक्रमणको योजना एवं कार्यान्वयन गरेको आरोपमा सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च अदालतले अनुमोदन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्