जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १०:२७

अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बस्न प्रधानमन्त्री ओलीको चुनौति


काठमाडौं, भदौ ४

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचनमा अस्तित्व रक्षाका लागि तयार भएर बस्न चुनौति दिनु भएको छ । उहाले आफु उपचारका लागि सिंगापुर जान लागेको तर विरामी नभएको उल्लेख गर्नुभएको छ ।

गृहमन्त्रालयमा आज विहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अझै १५ वर्ष बाँच्ने भएकाले अर्को निर्वाचनमा अस्तित्व रक्षाका लागि तयार रहन आग्रह गर्नुभएको हो । ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’ प्रधानमन्त्ती ओलीको भनाई छ ।

उहाले आफू भोलि सिंगापुर जान लागेको जानकारी समेत कार्यक्रममा गराउनु भएको छ । ‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ’, उहाले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अफवाह फैलाउने र चिन्ता जाहेर गर्नेहरुलाई यसरी सम्बोधन गर्नुभयो : –

म भोली सिंगापुर जाँदैछु केही दिनका लागि । अचम्म लाग्छ, बिरोधीहरु कति कमजोर भएछन् भने उ बाँचोस तै पनि मुकाबिला गर्छौैं भन्ने छैन । मरीहाले देखि हुन्थ्यो भनेर । मलाई त्यस्ता प्रवृतिहरुसँग केही भन्नु छैन । तर म स्वास्थ्य परिक्षण र हल्का उपचारका लागि जाँदैछु । आँउदो चुनाव पनि सामना गर्न तयार भएर बस्न म त्यस्तो चाहनेहरुलाई भन्न चाहन्छु । मरीगए हुन्थ्यो भन्ने चाहनेलाई । आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाईं अहिले देखि सुरु गरे हुन्छ । यो मैले किन भनेको भने मरीहालोस भनेर खुबै प्रचार गरेको हुनाले धेरै निरास होलान् भनेर धेरै निरास नहुन पछि भनेर । मर्न त मरिन्छ । एक जमानामा,एक समयमा हरेक मान्छे मर्छ । हामी सबै मर्छौं । तर मैले अस्ती एक ठाउँमा भनेको थिंए १५ बर्ष अगाडि बिमारी थिंए । बिमारी त्यती बेला थिंए । अब १५ बर्ष अखडामा सामेल छु । बाँकी १५ बर्षचाँही अखडामा हुन्छु म । त्यसकारण पूजा अर्चना कतै गरेर हुन्छ भने गर्न दिने मेरो बिचार छ । भोली सिंगापुर जाँदैछु । केही दिन लाग्छ । संविधान दिवश \ राष्ट्रिय दिवश भन्दा अगाडी आइपुग्छु ।