अम्मान, ३० फागुन। जोर्डनकी राजकुमारी इमानले जमील अलेक्जेन्डर थर्मियोटिससँग विवाह गरेकी छन् । विवाह अम्मानको राजदरबारमा भएको थियो । यस समारोहमा छानिएका अतिथिहरूलाई मात्र आमन्त्रित गरिएको थियो । राजकुमारी इमान आफ्नो सुन्दरताका कारण विश्वभर चर्चित छिन् । यसकारण उनको पतिको बारेमा सबै जान्न चाहन्छन्।
जोर्डनकी रानीले सेयर गरेको तस्विरमा उनी आफ्नी छोरीको बेल्ट सच्याइरहेको देख्न सकिन्छ । यो बेल्ट सुनौलो रंगमा देखिन्छ। तस्वीरमा रानी आफैंले निकै साधारण पोशाक लगाएको देख्न सकिन्छ । यो पहिरनमा राजकुमारी इमान निकै सुन्दर देखिएकी छिन् ।
फोटो पोस्ट गर्दै उनले क्याप्सनमा लेखेकी छन्, ‘आज राति इमानको हेन्ना पार्टी अघि फिनिसिङ टच । राजकुमारी इमान र उनको प्रेमी जमील अलेक्ज्याण्डर थर्मियोटिसले मार्च १२ मा विवाह गरेका छन् ।
राजकुमारी इमानका पतिको नाम जमील अलेक्जेन्डर थर्मियोटिस हो जो न्यूयोर्कमा फाइनान्सर हुन् । जमीलको जन्म भेनेजुएलाको काराकासमा भएको थियो । २८ वर्षीय जमील बिजनेस एडमिनिस्ट्रेशनमा स्नातक हुन् र ग्रीक परिवारबाट आएका हुन् । जमील हाल बिग एप्पलको भेन्चर क्यापिटल कोषमा प्रबन्ध साझेदारको रूपमा काम गर्छन् ।
राजकुमारी इमानको पूरा नाम इमान बिन्त अब्दुल्लाह हो । उनको जन्म २७ सेप्टेम्बर १९९६ मा जोर्डनको राजधानी अम्मानमा भएको थियो । इमानका तीन दाजुभाइ छन् । भाइ क्राउन प्रिन्स हुसेन, राजकुमार हसम र बहिनी राजकुमारी सलमा ।
प्रतिक्रिया दिनुहोस्