जनता टाइम्स

१ चैत्र २०७९, बुधबार ०८:२५

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन ‘ब्ल्याक सी मा दुर्घटना


काठमाडौं, १ चैत। रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।
युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।मंगलबार रुसीको एसयू–२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए ।

त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’ (कालो सागर) मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।अमेरिकी वायु सेनाका अधिकारी जनरल जेम्स हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडानमा भइरहेको बेला रुसी जेट लडाकु विमान जानीजानी अगाडि आएर ठोक्किएको बताएका छन् ।रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।