जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १७:४५

 राष्ट्रिय पुरुष आयोग गठन गर्न माग गर्दै भारतीय सर्वोच्चमा रिट, पत्नीपीडितले आत्महत्या गरिरहेको जिकिर


नयाँ दिल्ली, १ चैत । घरेलु हिंसाको सिकार भएका विवाहित पुरुषहरूले आत्महत्या गर्ने घटनाहरू समाधान गर्न दिशानिर्देश जारी गर्न सर्वोच्च अदालतमा अनुरोध गरिएको छ। सर्वोच्च अदालतमा परेको रिटमा यसका लागि राष्ट्रिय पुरुष आयोग गठन गर्न माग गरिएको छ । यस रिटमा एनसीआरबीको तथ्याङ्क उल्लेख गरिएको छ।

महेशकुमार तिवारीले सर्वोच्चमा दायर गरेको निवेदनमा एनसीआरबीको रेकर्डमा सन् २०२१ मा एक लाख ६४ हजार ३३ जनाले आत्महत्या गरेको उल्लेख गरिएको छ जसमा २८ हजार ६८० विवाहित महिला छन् । जबकि पुरुषको संख्या ८१ हजार ६३ रहेको छ । निवेदनमा एनसीआरबीको रेकर्डलाई उद्धृत गर्दै ३३.२ प्रतिशत पुरुषले पारिवारिक समस्या र ४.८ प्रतिशतले वैवाहिक विवाद र घरेलु हिंसाका कारण आत्महत्या गरेको उल्लेख गगरिएको छ ।

निवेदनमा पुरुषको आत्महत्याका घटनालाई सम्बोधन गर्न र घरेलु हिंसाबाट पीडित पुरुषका उजुरीमाथि कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई निर्देशन दिन माग गरिएको छ । निवेदनमा घरेलु हिंसाका पीडित पुरुषको उजुरी तत्काल स्वीकार गर्न प्रहरी विभागलाई निर्देशन दिन गृह मन्त्रालयमार्फत केन्द्रलाई निर्देशन दिन पनि माग गरिएको छ।