जनता टाइम्स

५ चैत्र २०७९, आईतवार ०९:१३

ट्रम्पले पोर्नस्टार युवतीलाई चुप लाग्न करौडो दिएको खुल्यो पोल के डोनाल्ड ट्रम्प पक्राउ पर्छन् ?


न्यूयोर्क, ५ चैत । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गदैृ आफूलाई मंगलबार पक्राउ गर्न सक्ने बताएका छन् । न्यूयोर्क अभियोजकहरूले केही महिलाहरूलाई पैसा भुक्तानीको दिएको विषय छानविन गर्न आफू पक्राउ पर्न सक्ने उनले बताएका हुन् । पूर्वराष्ट्रपतिले यी महिलालाई यौनसम्बन्धको बदलामा पैसा दिएर कुरा सार्वजनिक नगर्न आग्रह गरेको आरोप छ । यदि ट्रम्पलाई मुद्दामा अभियोग लगाइयो भने, यो अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिलाई कुनै मुद्दामा अभियोग गलाइएको यो पहिलो पटक हुनेछ।

ट्रम्प आफैंले गिरफ्तारीको दाबी गरेका छन्
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा शनिबार बिहानको पोस्टमा भने कि म्यानहट्टन जिल्ला वकिलको कार्यालयबाट अवैध रूपमा लीक गरिएको जानकारीले प्रमुख रिपब्लिकन उम्मेद्वार र पूर्व अमेरिकी राष्ट्रपतिलाई अर्को हप्ता मंगलबार पक्राउ गर्ने संकेत गरेको छ। ट्रम्पले आफ्ना समर्थकहरूलाई कडा विरोध गर्न आग्रह गरेका छन्।

के हो पुरा कुरा
वास्तवमा, न्यूयोर्कको ग्रान्ड ज्युरीले पोर्न स्टार स्टर्मी डेनियललाई २०१६ मा १.३० लाख डलरको भुक्तानीमा ट्रम्पको संलग्नताको अनुसन्धान गरिरहेको छ । यो पैसा ट्रम्पका पूर्व वकिल माइकल कोहेनले डेनियललाई दिएका थिए । कोहेनले आफूलाई ट्रम्प संगठनले ४२ मिलियन डलर क्षतिपूर्ति र थप बोनस दिएको दाबी गरेका छन् ।