जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १९:१८

इक्वेडरमा ६.८ म्याग्निच्युडको भूकम्प


एजेन्सी, ५ चैत । दक्षिण अमेरिकी देश इक्वेडरमा भूकम्पको धक्का महसुस गरिएको छ । रिक्टर स्केलमा यसको तीव्रता ६.८ थियो । यस भूकम्पका कारण १६ जनाको मृत्यु भएको छ भने ३८१ जना घाइते भएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको सबैभन्दा बढी प्रभाव ग्वायासमा परेको छ । यो तटीय क्षेत्र हो। भूकम्पको केन्द्रविन्दु यहाँबाट ८० किलोमिटर टाढा रहेको ग्वायाकिल सहरमा थियो ।

रिपोर्टका अनुसार भवनहरुमा नराम्ररी क्षति पुगेको छ । धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ । भूकम्प यति शक्तिशाली थियो कि छिमेकी देश पेरुमा पनि यसको धक्का महसुस गरिएको थियो । धेरै घर ध्वस्त भएका छन् ।

सामाजिक सञ्जालमा भूकम्पपछिका धेरै तस्विर र भिडियोहरु मानिसहरुले शेयर गरेका छन् । यसमा धेरै नोक्सानी भएको देख्न सकिन्छ।

संसारमा हरेक वर्ष २० हजार भूकम्प आउँछन्
संसारमा हरेक वर्ष धेरै भूकम्प आउँछन् तर तिनको तीव्रता कम हुन्छ । राष्ट्रिय भूकम्प सूचना केन्द्रले हरेक वर्ष करिब २० हजार भूकम्पको रेकर्ड राख्छ। यसमध्ये १०० भूकम्पले बढी क्षति पु¥याउने गरेका छन् । भूकम्प केही सेकेन्ड वा केही मिनेटसम्म रहन्छ ।

इतिहासमा सबैभन्दा लामो समयसम्म आएकोे भूकम्प सन् २००४ मा हिन्द महासागरमा गएको थियो । यो भूकम्प १० मिनेटसम्म चलेको थियो ।