जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०९:५०

एकतालाई पूर्णता दिन नेकपाको सचिवालय बैठक शुरु, यस्ता छन् आजका एजेण्डा


काठमाडौं, भदौ ५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । पार्टी एकतालाई पूर्णता दिन बैठक केहीबेर अघिबाट शुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा केन्द्रीय आयोगको जिम्मेवारी र प्रवास कमिटिलाई पूर्णता दिने कार्यसूचि रहेको छ । आजको बैठकले छ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा निर्णय गर्ने नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली आजनै उपचारका लागि सिंगापुर जाने भएकाले सकेसम्म आजै एकतालाई पूर्णता दिने तयारी गरिएको छ । यसअघिका बैठकले एकताको लगभग अधिकाशं काम गरिसकेको छ । नेकपाको अब पोलिटब्युरो गठन गर्न बाँकी रहेको छ ।