जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार १७:५४

के सबैले बिहे गर्नु जरुरी छ ?


एजेन्सी, ९ चैत । विवाहको विचारले दिमागमा धेरै इफ र तरको जन्म दिन्छ । अहिले ९० को दशकका मानिसहरूका लागि यो निकै चुनौतीपूर्ण काम हो । किनकी आजकल या त उनीहरु आफै बिवाह गर्दैछन् वा आफ्नो उमेरका मानिसहरु बिहे गरेको हेरिरहेका छन् ।

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, किन यति धेरै विवाहहरू भइरहेका छन् ? त्यो पनि जब सम्बन्ध विच्छेद, ठगी, पार्टनरको हत्या जस्ता घटना दिनप्रतिदिन बढ्दै गएका छन् । के यो सास फेर्न जत्तिकै आवश्यक छ ? के विवाह बिनाको जीवन अर्थहीन छ ?

आध्यात्मिक गुरु र आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरको विवाहको बारेमा विचारले तपाईलाई सोच्न वाध्य बनाउँछ । उनको एउटा प्रवचनको क्रममा एक महिलाले बिहे गर्नु पर्ने कुरामा प्रश्न गर्दा यस्तै भएको थियो । यदि तपाई पनि विवाह गर्ने कि नगर्ने भ्रममा हुनुहुन्छ भने यो लेख तपाईको लागि उपयोगी साबित हुन सक्छ ।

विवाह भनेको के हो ?
विवाह एक सामाजिक व्यवस्था हो जसमा दुई व्यक्तिले जीवनभर सँगै बस्ने र परिवार सुरु गर्ने निर्णय गर्छन्। यो संघीय कानून, नियम, रीतिरिवाज, विश्वास र अभ्यासहरू द्वारा नियमवद्ध छ, जसले एकअर्काप्रतिको अधिकार र कर्तव्यहरू निर्धारण गर्दछ ।

विवाहको उद्देश्य के हो ?
विवाहमा दुई व्यक्ति एकअर्काको बन्धनमा बाँधिन्छन् । हरेक दुख सुखमा साथ दिने प्रतिवद्धता लिन्छन् । एकअर्काको कमजोरी पूर्ति गर्नेछन् । समाजको उन्नतिमा योगदान पु¥याउने परिवार निर्माण गर्नेछन् ।

हिन्दू धर्ममा विवाहको सम्बन्धलाई एक जन्म मात्रै नभएर सात जन्मको मानिन्छ ।

बिहे गर्नु अनिवार्य छ ?
जब श्री श्री रविशंकरलाई यो प्रश्न सोधियो, उनले जवाफ दिए कि तपाईले बिहे नै गर्नु जरुरी छैन । त्यसो भएको भए मेरो छेउमा अर्को कुर्सी हुने थियो । विवाह गर्ने वा नगर्ने निर्णय पूर्णतया तपाइँमा निर्भर गर्दछ।

विवाह महत्त्वपूर्ण कुरा होइन
श्री श्री रविशंकर भन्छन् कि खुशी हुनु विवाह र परिवार सुरु गर्नु भन्दा धेरै महत्त्वपूर्ण छ । यदि तपाई कसैसँग विवाह गरेर खुसी हुन सक्नुहुन्छ भन्ने सोच्नुहुन्छ भने अवश्य विवाह गर्नुहोस् ।

तर यदि तपाईलाई लाग्छ कि तपाई अविवाहित रहन सक्नु हुन्छ भने तपाई विवाह बिना जीवन बिताउन सक्नुहुन्छ।