जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार ०८:१८

ईयू र जर्मनीबीच जीवाश्म इन्धन प्रयोग हुने कार हटाउने सम्झौता


काठमाडौं, १२ चैत्र ।  युरोपेली सङ्घ (ईयू) र जर्मनीबीच सन् २०३५ सम्ममा जीवाश्म इन्धन प्रयोग गर्ने कार बिक्रीलाई चरणबद्ध रुपमा हटाउने विषयमा सम्झौता भएको छ ।

सन् २०३५ देखि जीवाश्म इन्धन कारहरूको नयाँ बिक्रीमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताले सन् २०५० सम्ममा शुद्ध–शून्य हरितगृह ग्यास उत्सर्जनको साथ ‘जलवायु–तटस्थ’ अर्थव्यवस्था बन्ने ईयूको महत्वाकाङ्क्षी योजनाको लागि महत्त्वपूर्ण मानिएको छ ।

सम्झौतापछि ईयूका वातावरण आयुक्त फ्रान्स टिमरम्यान्सले भविष्यमा कारमा विद्युतीय इन्धनको प्रयोगका लागि जर्मनीसँग सम्झौता गरिएको बताउनुभएको छ । जर्मनीले पेट्रोलियम पदार्थ तथा ग्यास इन्जिन भएका गाडीले कार्बन डाइअक्साइड उत्सर्जनमा ‘तटस्थ इन्धन’ प्रयोग गरेमा सन् २०३५ पछि पनि दर्ता भइरहन सक्ने जनाएको छ ।

युरोपेली आयोग र जर्मनीबीच लामो वार्तापछि सम्झौतामा देखिएको गतिरोध अन्त्य भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।