जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार ०७:५९

अमेरिकाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो


काठमाडौं, १४ चैत्र । अमेरिकाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको बीबीसीले जनाएको छ ।

११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए । ज्यान गुमाउनेहरुमा तीन जना नौ वर्षका बालबालिका र तीन जना ६० वर्ष तथा त्योभन्दा माथिका नागरिक रहेका छन् । विद्यालयमा जथाभाबी गोली चलाउने व्यक्ति २८ वर्षकी स्थानीय महिला रहेको र उनलाई पनि प्रहरीले गोली हानेको छ ।

गोली लागेकी महिलाको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चलाउने महिला त्यही विद्यालयकी पूर्व विद्यार्थी रहेकी समेत प्रहरीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले जथाभाबी गोली चलाउने घटना रोक्नका लागि कारबाही थाल्न संसद्लाई निर्देशन दिनुभएको छ ।

अमेरिकामा पछिल्लो समय विद्यालयमा जथाभाबी गोली चलाउने घटना बढिरहेका छन् ।