जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १४:०९

बम्बई हाईकोर्टबाट सलमान खानलाई ठूलो राहत, के थियो मुद्दा ?


मुम्बई, १६ चैत । बलिउड अभिनेता सलमान खानलाई ठूलो राहत दिँदै, मुम्बई उच्च अदालतले बिहीबार एक पत्रकारको उजुरीमा उनीविरुद्ध दायर गरिएको आपराधिक मुद्दा खारेज गरेको छ।

सलमान खानका वकिल अबाद पोन्डाले बीबीसीलाई भने कि सन् २०१९ मा एक पत्रकारले सलमान खानविरुद्ध धम्कीको मुद्दा दायर गरेका थिए । उनले भने, ‘म मेरो क्लाइन्टका लागि खुसी छु। बम्बई उच्च अदालतले उनलाई राहत दिएको छ र उनीविरुद्धको मुद्दा खारेज गरेको छ।’

बम्बे हाईकोर्टका न्यायाधीश डांग्रेको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।

उजुरीकर्ता पत्रकारले आरोप लगाएका थिए कि २०१९ मा सलमान सडकमा साइकल चलाउँदै गर्दा सलमान खानसँग उनको झगडा भएको थियो । उनले आफ्नो उजुरीमा सलमान खानले आफ्नो फोन खोसेको पनि दाबी गरेका थिए ।

यो मामिला पहिले डीएन नगर प्रहरी थाना र त्यसपछि म्याजिस्ट्रेट अदालतमा पुग्यो । अदालतले सलमान खानविरुद्ध कानुनी कारबाहीका लागि पर्याप्त आधार रहेको बताएको थियो ।

यस सम्बन्धमा, उनको विरुद्ध एक समन आदेश जारी गरिएको थियो, जसलाई सलमानले बम्बई उच्च अदालतमा चुनौती दिएका थिए । गत वर्ष अप्रिलमा बम्बे उच्च अदालतले यस मुद्दामा स्टे अर्डर जारी गरेको थियो ।

आफ्नो याचिकामा सलमान खानले मुद्दा खारेज गर्न पनि माग गरेका थिए, जसलाई आज उच्च अदालतले स्वीकार गरेको छ । सलमान खानका वकिलले सुनुवाइको क्रममा बम्बे हाई कोर्टमा भने कि अभिनेताले आफ्ना अंगरक्षकहरूलाई उनको फोटो÷भिडियो खिच्नबाट मात्रै मनाही गरेको बताएका थिए ।