जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १३:१४

प्रहरीमा खुल्यो ३ हजार ८ सयका लागि जागिरको अवसर, यी कार्यालयमा भर्न पाइन्छ फारम


काठमाडौं, भदौं ६ । नेपाल प्रहरीले रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । प्रहरीले ३ हजार ८ सय ३१ जनाका लागि नयाँ भर्ना दरखास्त आह्वान गरेको हो । नयाँ भर्नामध्ये प्रहरी जवानमा ३ हजार ५ सय ९६ र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, महानगरीय प्रहरी परिसरहरु काठमाडौं, ललितपुर र भक्तपुर सातै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फाराम पाइने र बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फाराम लिन तथा बुझाउन सकिने प्रहरीले जनाएको छ।