काठमाडौं, बैशाख २ । काठमाडौंको बत्तिसपुतलीमा रहेको अल्फा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले बचतकर्ताको रकम डुवाउँदै लटुतन्त्र मच्चाएको पाइएको छ ।
लुटतन्त्रकै कारण हजारौं बचतकर्ताले एक लाखदेखि पाँच करोड रुपैयाँसम्म मुद्दती खातामा बचत गरेको अल्फा सहकारी डुब्ने अवस्थामा पुगेको छ भने लामो समयदेखि बचतकर्ताहरुको पैसा फिर्ता गर्न सकिरहेको छैन । जसका कारण बचतकर्ता पिरोलिएका छन ।
अल्फा सहकारीले साँवा त परकै कुरा भयो, सात महिनादेखि ब्याजसमेत दिन सकेको छैन । यता, बचतकर्ता पैसा फिर्ता हुन्छ कि भनेर निरन्तर अल्फा धाइरहेका छन, तर उनीहरु सँधै रित्तो हात फर्किन बाध्य हुनु परिरहेको छ ।
विगत १८ बर्षदेखि सञ्चालन भइरहेको यो संस्थामा बचत गर्ने अधिकांश नेपाल सरकारका कर्मचारी र ठूला व्यापारी छन । बत्तिसपुतली, बानेश्वर, गौशाला, चाबहिल, बौद्ध, डिल्लीबजार, मौतिदेविलगायतका क्षेत्रका कर्मचारी व्यपारी र बासिन्दाहरुले अल्फामा पैसा जम्मा गरेको पाइएको छ । यहाँ हजारौं सदस्यको बचत छ जुन डुब्ने अवस्थामा पुगेको छ । अल्फाका अध्यक्ष विदुर तिमिल्सिना काठमाडौंकै स्थायी बासिन्दा भएकै कारणले बचतकर्ताहरु उहाँको विश्वासमा पर्दा हजारौंको बचत जोखिममा परेको हो ।
अल्फा सहकारीका पूर्वबजार प्रतिनिधिका अनुसार बचतकर्ताले लगरे अल्फामा बचत गरेको रकम पर्दाभित्र बसेर मिटरब्याजमा लगानी गर्ने काम गरिन्थ्यो । मीटरब्याजमा पैसा लगाइन्थ्यो भने नउठ्ने ठाँउमा गुण्डा पनि प्रयोग गर्न पछि हट्दैन थियो। उनले थपे, ‘चाँडो धन कमाउन त विदुर सर सँग पो सिक्नु पर्ने रहेछ त ।’
अल्फाका हर्ताकर्ता अध्यक्षले व्यपारीको माध्यमबाट मिटरब्याजमा लगानी गर्ने गरिएको छ । एक लाख रुपैयाँको मासिक पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म ब्याजमा पैसा दिने अल्फामा अवैध कारोबार समेत मौलाएको स्रोतको भनाई छ ।
बचतकर्ताले ब्याज खान जम्मा गरेको रकम अल्फाले व्यापारीलाई खटाएर आवश्यक परेकालाई मीटरब्याजमा लगाउन दिने गरिन्छ । बीचमा बसेर व्यापारीले पनि दलाली गर्छन । अल्फा र केही बाठाटाठा व्यापारी मोटाइरहेका छन भने सीधासाधी व्यक्तिहरु दिनदहाडै लुटिएका छन ।
त्यसैगरी, घरजग्गामा पनि अल्फा सहकारीको थुप्रै लगानी गरेको छ । अध्यक्ष तिमिल्सिनाले घर जग्गा धितो राखेर पैसा दिँदा आफनो नाममा घर जग्गा रोक्का गरेको समेत पाइएको छ । सहकारी ऐन अनुसार संस्थाको नामबाहेक व्यक्तिको नाममा घर जग्गा रोक्का गर्न पाइदैन । अध्यक्ष तिमिल्सिनाले भने सहकारी ऐनलाई लात हानेर कमाउने धन्दा नै यही बनाउनु भएको छ । उहाँले यस्तो कालो कामले धेरै बचतकर्ताहरु सडकमा पुग्ने अवस्थामा छन ।
‘अध्यक्ष तिमिल्सिना मेरो घर र जग्गा दुवै खाए तर सहकारीलाई देखाएर,’ नाम न खुलाउने सर्तमा एक जना पिडितले जनताटाइमलाई भने, ‘उनका अनुसार मालपोत कार्यालयमा मिलाउने र आफनो नाममा घर जग्गा रोक्का गर्ने र समयमा भन्दा अगाडि नै तिर्नुपर्छ भन्दै धम्काउने र खाईदिने काम ममाथि अल्फाका अध्यक्षले गर्नुभयो । अब ढिलो चाँडो मात्र हो, अल्फालाई मुद्धा हालि छाडछु ।’
सहकारी ऐनमा उल्लेख भएअनुसार ऋण तिर्नका लागि पहिले ३५ दिने सूचना जारी गर्नुपर्छ, त्यो पनि राष्ट्रिय स्तरको पत्रपत्रिकामा । त्यस्तै, धितो लिलाम गर्नुअघि पत्रिकामा ऋणीको तीन पुस्ते र फोटो पत्रिकामा निकाल्नुपर्छ । तर, अल्फा सहकारीले त्यस्तो गर्दैन । सहकारी ऐनको धज्जी उडाउँदै अल्फाले ३५ दिने सूचना र तीन पुस्ते सार्वजनिक गर्ने गरेको छैन । धितो रोक्का राखेर ऋण लिने बेलैमा ऋणीको मञ्जुरी लिइसकेको अल्फाको कालो कर्तुत एकदमै धेरै छ ।
कर्जा दिने बेलामा पाँचदेखि सात वर्षको अवधि तोकेर दिइन्छ । वर्षैंपिच्छे कर्जा नवीकरण गर्न लगाउँदछन् । एक चोटिमा दुई प्रतिशत नविकरण शुल्क लिने गरेको छ अल्फाले । अल्फाको कालोधन्दाको कुरा गरिसाध्य छैन । एक महिनाअघि एक करोड ऋण लिँदा ऋणीले दुई प्रतिशत सेवा शुल्कबापत तिर्छन । यता, मासिक ब्याज पनि २२ देखि ४८ प्रतिशत तोकिएको छ, त्यो पनि मान्छे हेरेर ।
एक करोड कर्जा दिँदा अल्फाले डेढदेखि दुई करोडको धितो खोज्छ । ब्याज महँगो भो भनेर अर्को बैंकमा सार्न खोज्दा वा ऋण चुक्ता गर्दा पनि दुई प्रतिशत सेवाशुल्क लिन्छ । ऋण चुक्ता गरेको दिनसमेत गनेर ब्याज लिन्छ ।
राम्रो धितो छ भने त्यहाँबाट सार्न दिँदैन । यता, ऋण चुक्ता गरेपछि पनि धितो फुक्का गर्दैन । धितो पचाउनका लागि विभिन्न बहाना बनाइराख्छ । अल्फाले च्यापेका ऋणीले अर्को बैंकमा धितो सार्न खोज्यो वा अर्को बैंकमा ऋण पास गरेपनि भड्काइ दिन्छ ।
ऋण पासको पेपर हातमा पारिसकेकालाई समेत अल्फाले यता न उताको बनाइदिन्छ । धितो त्यहाँबाट फुक्का गरेर अन्त लैजानै दिँदैन । ब्याजको स्याज, जरिवाना, हर्जना हानेर जसरी हुन्छ अल्फाले धितो कब्जा गर्नै खोज्छ ।
खराब नियत राखेर अल्फाका सञ्चालकहरुलाई जसरी पनि व्यक्तिको उठीबास लगाउनै छ । किस्तामा लगेर हालिदियो भने जरिवाना, पेनाल्टी लिन पाइएन । त्यसैले जानाजान उसले बचत खातामा पैसा जम्मा गरिदिन्छ । बचत खातामा दुईदेखि तीन प्रतिशत ब्याज दिन्छ । तर, कर्जामा त २२ देखि ४८ प्रतिशत ब्याज लिन्छ । बेलामा किस्ता नतिरेको भन्दै जरिवाना लिन्छ, पेनाल्टी हाल्छ । तर, ऋणीले तोकिएको समयभित्र किस्ता तिरेका थिए ।
यता, अल्फा कै पूर्व बजार प्रतिनिधिले पनि बजारको पैसा र धितो मिलाई दिँदो खाएको घुसले आफनो सहकारी खोल्न सफल भएका छन । उनले अल्फाबाट बजार प्रतिनिधिको जागिर छोड्ने बित्तिकै सहकारी चलाउने पैसा कहाँ बाट ल्यायो ?
अल्फा सहकारी एक कर्मचारीका अनुसार यो विषयमा निकै चर्चा पनि भएको थियो । उहाँले कुनै ठाँउमा सहकारी खोल्नु भन्दा अगाडि। तर, उनी भन्छिन ‘उहाँले जागीर लामो समयसम्म खाएको हो। नत्र छोटो समयमा कसरी मान्छेले पैसा कमाउछन त ? कर्जा दिँदा वा लिँदा अध्यक्ष र बजार प्रतिनिधिको हात ठूलो छ ।

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले १६ प्रतिशतभन्दा बढी ब्याज लिने सहकारीलाई कारबाही हुने बताउनु भयो । उहाँले सहकारीले आफ्नो उद्देश्यभन्दा बाहिर लगानी गरेको पाइएमा सहकारी विभागले पत्रचार गरेर कारबाही अगाडि बढाउने बताउनु भयो ।
‘सहकारीले घर र जग्गामा लगानी गर्न आफ्नो उद्देश्यमा खुलाउनुपर्छ तर सहकारीहरुले उद्देश्यमा नखुलाई गर्न मिल्दैन। यसरी गरेको खण्डमा सहकारी विभाग चुपचाप बस्दैन’, उपाध्यायले भन्नुभयो । सहकारी विभागमा आएर पत्रसँगै उजुरी दिँदा कारबाहीको प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनु भयो ।
यता, महासंघको महाप्रबन्धक सुब्बा यसरी सेवा शुल्क लिने नपाउने बताउनु हुन्छ । कर्जा चुक्ता गर्ने बेलामा सेवाशुल्क लिनु गैरकानुनी भएको उहाँको ठम्याइ छ । उहाँले त्यस्ता सहकारीमाथि नियमक निकायले तत्काल कारबाही अगाडि बढाउनुपर्ने बताउनु भयो ।
सञ्चालकहरुको नियत खराब हुँदा सहकारीमाथिको विश्वासनीयता घट्दै गएको उहाँको भनाइ छ । सहकारीलाई एउटा निश्चित दायरामा राख्न नसक्दा समग्र क्षेत्र नै बदनाम भएको उहाँको बुझाइ छ । सहकारीलाई नियामक निकायले ठिक ठाँउमा राख्न नसकेकोप्रति उहाँले दुःखेसो गर्नुभयो ।
ध्यक्ष सापकोटा भने संस्था र आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभयो । जनताटाइम्सले सम्पर्क गर्दा अध्यक्ष सापकोटाले आफ्नो सहकारीबाट कसैलाई पैसा नरोकेको बताउनु भयो । लोन लिनेहरुले चाँहि तिर्न आनाकानी गर्दै संस्थाको बदनाम गराउन लागेका भन्दै सापकोटाले जमानीकर्ताहरुको चाँहि रकम रोकिएको बताउनु भयो ।
बचतकर्ताले रकम पाइन भनेको जानकारी आफूलाई अहिलेसम्म नभएको र त्यस्तो ब्यक्तिले आफूलाईसम्पर्क गरे तत्कालै बुझ्ने पनि उहाँको भनाई छ । लोनको जमानी बसेको ब्यक्तिको हकमा भने संस्थाले कडाई गरेर भुक्तानी रोकिएको उहाँको भनाई छ । अन्य बिषयमा भने सापकोटाले आरोप अस्वीकार गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्