जनता टाइम्स

४ बैशाख २०८०, सोमबार ०७:३९

जन्मदिनको पार्टीमा गोली चल्दा ४ जनाको मृत्यु, २८ घाइते

अलाबामा, ४ वैशाख । अमेरिकाको अलाबामा राज्यमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति स्थानीय समयअनुसार १०ः३० बजे डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको थियो ।

अलाबामाका गभर्नर केभ आइभीले यसबारे ट्विटरमा लेखेका छन्, ‘आज बिहान, म डेडेभिलका जनता र अलाबामाका मेरा सहकर्मीहरूसँग शोकमा छु। हाम्रो राज्यमा हिंसाको कुनै ठाउँ छैन।’ डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि धर्मगुरुको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताए।

अमेरिकामा शनिबार केन्टकी राज्यको लुइसभिलको एउटा पार्कमा गोली चलेको अर्को घटना भएको छ । उक्त घटनामा दुई जनाको मृत्यु भएको र चारजना घाइते भएको समाचार छ ।