वासिङ्टन, ५ बैशाख । अमेरिकाको क्यालिफोर्निया प्रहरीले स्टकटन र साक्रामेन्टोका गुरुद्वार र अन्य ठाउँमा गोली हानाहानका घटनामा संलग्न भएको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुवाट एके–४७ राइफल, पेस्तोल र मेसिन गन जस्ता हतियार बरामद गरेको छ । २० भन्दा बढी स्थानमा छापा मार्दा यी पक्राउ परेका हुन् ।
क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाका अनुसार सोमबार उत्तरी क्यालिफोर्नियाका २० स्थानमा व्यापक खोजी वारेन्ट अपरेसनका क्रममा १७ जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका अधिकांश स्थानीय सिख समुदायका सदस्य हुन् । पक्राउ परेका दुई जना माफियाका सदस्य रहेको जिल्ला अधिवक्ता जेनिफर डुप्रे पत्रकार सम्मेलनमा बताउनुभयो । ती पुरुषहरू भारतमा हत्याका धेरै मुद्दामा वान्टेड छन् ।
क्यालिफोर्नियाका महान्यायाधिवक्ताले भने कि गिरफ्तार गरिएका व्यक्तिहरू प्रतिद्वन्द्वी आपराधिक गिरोहका हिस्सा हुन् र धेरै हिंसात्मक घटना र गोलीबारीमा संलग्न छन् । सटर, स्याक्रामेन्टो, सान जोक्विन, सोलानो, योलो र मर्सिड काउन्टीमा हत्या प्रयासका पाँचवटा घटनामा संलग्न रहेको आरोप छ । यी समूहका सदस्यहरू अगस्ट २७, २०२२ मा स्टकटनको गुरुद्वारामा र २३ मार्च २०२३ मा साक्रामेन्टोमा भएको गोलीबारीमा संलग्न रहेको आरोप छ ।













प्रतिक्रिया दिनुहोस्