मस्को, १४ वैशाख । रुस र युक्रेन युद्धबाट ठूलो खबर आएको छ । बेलायती पत्रिका द सनको रिपोर्टलाई विश्वास गर्ने हो भने युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने असफल प्रयास गरेको छ । युक्रेनले विस्फोटक पदार्थले भरिएको ड्रोन प्रयोग गरेर पुटिनको हत्या गर्ने प्रयास गरेको अखबारले दाबी गरेको छ।
यो खबर यस्तो समयमा आएको हो जब चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीसँग करिब एक घण्टा फोनमा कुराकानी गरेका थिए । फेब्रुअरी २०२२ मा सुरु भएको युद्धमा जिनपिङले जेलेन्स्कीसँग कुरा गरेको यो पहिलो पटक हो । जिनपिङले जेलेन्स्कीलाई शान्ति प्रस्ताव पनि गरेका थिए ।
पुटिन केही टाढा मात्र थिए
द सनका अनुसार युक्रेनी ड्रोनको भग्नावशेष यस हप्ताको सुरुमा मस्कोबाट केही माईल टाढा फेला परेको थियो । यो ड्रोनले या त आफ्नो सीमाभन्दा बाहिर उडेको वा रुसको राजधानी मस्कोको परिक्रमा गरिरहेको हुनु पर्ने बताइएको छ । यूजे –२२ ड्रोन नोगिन्स्क जंगलमा भेटिएको थियो । यो जंगल मस्को नजिक छ।
रुसी प्रहरीले उक्त ड्रोनमा क्यानेडियन ःएम ११२ विस्फोटक पदार्थ रहेको र यसको परिमाण १७ किलोभन्दा बढी रहेको बताएको छ ।
उक्त ड्रोन भ्लादिमिर पुटिनलाई मार्ने मिसनमा रहेको दाबी गरिएको छ । पुटिन ड्रोन भेटिएको ठाउँबाट केही टाढाको नयाँ औद्योगिक पार्कको भ्रमण गरिरहेका थिए।
पुटिनको बारेमा खुफिया
पुटिनको हत्याको प्रयास युक्रेनी कार्यकर्ता युरी रोमानेन्कोले दाबी गरेका हुन्। उनले ट्वीट गर्दै लेखेका छन्, ‘हाम्रा गुप्तचर अधिकारीहरूले रुडनेभोको औद्योगिक पार्कमा पुटिनको भ्रमणको बारेमा जानकारी पाएका थिए।’ उनका अनुसार पुटिनको बारेमा सूचना प्राप्त गर्ने गुप्तचरले युक्रेनलाई कामिकाजे ड्रोन प्रक्षेपण गर्न उक्साएका थिए।
त्यसपछि लगत्तै ड्रोन रुसी आकाशमा दुर्घटनाग्रस्त भएको थियो । तर, ड्रोन दुर्घटना भएर औद्योगिक पार्क नजिकै खसेको थियो ।
क्रेमलिनमा गहिरो प्रभाव पर्नेछ
युरो रोमेन्को भविष्यका लागि युक्रेनी एन्सिच्युट फर द फ्युचरका सह–संस्थापक हुन् । उनीहरु भन्छन् कि जब ड्रोन आक्रमणको खबर आयो, पुटिनले आफ्नो भ्रमण तालिका परिवर्तन गरे । त्यसयता पुटिन आफ्नो कार्यालयमा मात्रै समय बिताइरहेका छन् । युरोले पुटिन आफ्नो सुरक्षाप्रति निकै सचेत रहेको बताएका छन् ।
तर घटनाले क्रेमलिनमा ठूलो प्रभाव पार्न सक्छ। रोमेन्कोले आफूलाई राजनीतिक विज्ञको रूपमा चिनाउँने गर्छन् । युक्रेनको इन्टेलिजेन्स ब्यूरोसँग उनको निकट सम्बन्ध रहेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्