दोहा, १६ वैशाख । ‘प्रवासी रामेछापको आवाज, सभ्य समाज निर्माणको प्रयास’ भन्ने मुख्य नाराका साथ स्थापना भएको रामेछाप सेवा समाज कतारको छैठौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले नर घिसिङ तामाङ अध्यक्षमा १७ सदस्यीय समिति सर्वसम्मतरूपमा चयन गरेको छ । नवगठित समितिमा रविन कार्कीले प्रथम उपाध्यक्ष, सुकदेव खडका द्वितीय उपाध्यक्ष, रेणुका लामा महिला उपाध्यक्ष, आशिष तामाङ महासचिव, कविता खत्री सचिव, शुभराज सुनुवारले कोषाध्यक्ष र जितबहादुर खत्रीले सह–कोषाध्यक्षको नयाँ जिम्मेवारी पाउनुभएको छ ।
त्यसैगरि प्रकाश दर्नाल, उग्रेन लामा, मोहन मोक्तान, मैना तामाङ, सुधिना तामङ, सोनाम शेर्पा, राजु मगर, राजन कुमार नेपाली र लेमे शेर्पाले कार्यसमिति सदस्यको जिम्मेवारी पाउनुभएको छ ।
सामाजिक व्यक्तित्व सागर नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रवासमा रहेर पनि सामाजिक काममा अभिरुचि राख्ने विभिन्न व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । नेपालले आफ्नो उद्घाटन मन्तव्यमा प्रवासमा पनि सामाजिक उत्तरदायित्व बोध गर्दै आपसीभाइचारा र सहयोगको आदानप्रदान गर्दै आएकामा संस्थाको सह्राहना गर्दै यस्ता कार्य निरन्तर अघि बढ्न जिल्लाबासिलाई प्रेरित गर्नुभयो ।
मन्तव्यका क्रममा प्रवासमा पछिल्ला समय बढेको विकृतिले परिवारहरू भाँडिएको दृष्टान्त प्रस्तुत गर्दै संस्थाले नाराअनुसारको सभ्य समाज निर्माणका लागि यस्ता अराजक गतिविधि निस्तेज गर्न लाग्नुपर्ने उहॅाले सुझाव दिनुभयो । खाडीको तातो मरुभूमिमा कष्टका साथ कमाएको पैसा यस्ता अवाञ्छित गतिविधिमा खर्च गर्ने धेरैको घर भाँडिएको उहाँको कथन थियो ।
दोहामा स्थापित विभिन्न बैचारिक सङ्गठन, सामाजिक व्यक्तित्व, जिल्लागत संघ-संस्थालगायत विभिन्न तह तप्काका पदाधिकारीहरुले कार्यक्रममा उपस्थिति जनाएर शुभकामना दिनुभएको थियो । कार्यक्रमलाई साङ्गितिकमय बनाउनको लागि कलाकारहरू गुना मगर, कमल सुनुवार, मानसिंह परियार, मनिष लिम्बु, गोबिन गुरुङ, अमृत लिम्बु, सपना वाइबालगायतका कलाकारहरुले उत्कृष्ट नृत्य तथा गीत प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष ललित तामाङको अध्यक्षमा भएको अधिवेशनमा महासचिवकारूपमा नर घिसिङले सञ्चालन गर्नुभएको थियो भने उपस्थित अतिथि तथा सहभागिलाई कविता खत्रीले शब्दका गुच्छाले स्वागत गर्नुभएको थियो । सन् २००४ सालमा स्थापना भएको संस्थाको उद्धेश्यमाथि उद्धप मगरले प्रस्ट्याउनु भएको थियो भने शुभराज सुनुवारले संस्थाको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्