जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १७:४५

नेकपाले थप नेतालाई दियो यस्तो जिम्मेवारी (नामसहित)


काठमाडौं, भदौ ९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थप गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको हो।

बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुख र उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार राईलाई तोकेको छ। माधवकुमार नेपाल प्रमुख भएको विदेश विभागको उपप्रमुखमा पत्रकारका रुपमा परिचित नेता विष्णु रिजाल तोकिएका छन् भने झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजक पूर्वराजदूत प्रमेश हमाल भएका छन्।

 अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय यस्ता छन् –