जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १७:५७

रवि लामिछानेसहित तीनै जनाको थुनछेक बहश सकियो, निर्णय आजै आउने


चितवन, भदौं ९ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा जिल्ला अदालत चितवनमा मुद्दा चलाइएका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनाको थुनछेक बहस सकिएको छ । पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीको थुनछेक बहस सकिएको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना कानून ब्यवसायीले बहस गरेका थिए । थुनछेक बहस सकिएपछि जिल्ला न्यायधीशले आजै निर्णय गर्ने अदालत स्रोतले जनाएको छ । अधिवक्ता कृष्ण पोखरेलले बहस सकिएकाले फैसला अबको केहीबेरमा आउने जानकारी दिनुभयो ।