जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १८:४३

सिधा कुरामा शालिकराम हत्याप्रकरणबारे बोल्न बन्देज


चितवन, भदौ ९

संचारकर्मी रवि लामिछानेलाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बोल्न अदालतले रोक लगाएको छ । चितवन जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासले ‘सिधा कुरा जनतासँग’ चलाउन पाउने भएपनि सो प्रकरणमा फैसला नभएसम्म बोल्न रोक लगाएको हो ।

दुरुत्साहन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका लामिछानेलाई अदालतले पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने र अनुमति लिएर मात्र विदेश जान पाउने फैसला सुनाएकोे छ। रविले आफ्नो कार्यक्रम चलाउन पाउने भए पनि अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसबारे बोल्न नपाउने भएका हुन्।

सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।